पोखरामा सातौं पर्वतीय महोत्सव हुने


टुरिजम पाना काठमाडौ । १४ मंसिर २०७९

पोखरामा मंसिर २५ गते अन्तर्राष्ट्रिय पर्वत दिवसका अवसरमा सातौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने भएको छ । पर्वतीय क्षेत्रका भौगलिक संरचना सहित विभिन्न गतिविधिबारे जानकारी दिने उद्देश्यले महोत्सव नेपाल पर्वतारोहण संघ (एनएमए) ले पोखरास्थित पर्वतीय संग्रहालयमा महोत्सव गर्न लागेको हो ।

पर्वतीय क्षेत्रको बारेमा जानकारी दिने, पर्वतीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाको आर्थिकस्तरमा सहयोग पुर्‍याउने तथा जन–जीविका प्रस्तुत गर्ने उद्देश्यले महोत्सव गर्न लागेको आयोजकले जनाएको छ । महोत्सवमा मौलिक रुपमा खेलिने छेलो (ढुंगा) हान्ने, धनुष बाण महोत्सवमा राखिएको छ । पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको प्रदर्शनी, चित्रकला प्रतियोगीता र बाल क्लाइम्बिड अन्तर्गत बोल्डरिड खेल समेत समावेश गरिएको छ ।

महोत्सव सम्पन्न गर्न तीस लाख लाग्ने आयोजकले बताएको छ । प्रवेश निशुल्क गरिएको छ ।

१४ मंसिर २०७९