काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरेर फिर्ता भएको छ ।
अपरान्ह ४ बजे सिमराका लागि उडेको बुद्धको बीएचए ५५५ उडान नम्बर रहेको एटीआर जहाज सिमरामा अवतरण नगरेर काठमाडौं फिर्ता भएको हो ।
पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
जहाजमा ७० यात्रु सवार रहेका थिए ।