काठमाडौं । हेलिकप्टर व्यवसायीहरूले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान गर्न पाउने भएका छन् ।
सगरमाथा राष्ट्रिय निकुञ्जले वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै असर नपुग्ने गरी अनुमति लिएर हेलिकप्टर उडान गर्न सहमति दिएसँगै खुम्बु क्षेत्रमा हेलिकप्टर उडानले निरन्तरता पाउने भएको हो ।
निकुञ्ज र गाउँपालिकाले हेलिकप्टरले अनुमति लिएर अत्यावश्यक उडान गर्न सक्ने तर व्यावसायिक उडान गर्न नपाउने गरी १ जनवरीदेखि रोक लगाउने निर्णय गरेका थिए ।
तर, सुरक्षाको कारण देखाउँदै हेलिकप्टर व्यवसायीहरूले सोलुखुम्बुमा अत्यावश्यक उडान समेत रोक्ने निर्णय गरेका थिए ।
व्यवसायीहरूले अत्यावश्यक उडान समेत रोक्ने निर्णय गरेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज यसअघिको निर्णयबाट पछि हट्न बाध्य भएको हो ।
हेर्नुहोस् सूचना