हिमाल आरोहणका लागि शरद ऋतुमा १ हजार ३२९ ले लिए अनुमति


टुरिजम पाना संवाददाता काठमाडौँ । २४ मंसिर २०८०

नेपालका विभिन्न हिमाल आरोहणका लागि शरद ऋतुमा १ हजार ३२९ ले लिए अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार मंसिर २२ सम्म स्वदेशी तथा विदेशी गरी १७२ समूहका १ हजार ६९ जना पुरुष र २६० जना महिलाले आरोहण अनुमति लिएका छन् ।

सबैभन्दा बढी अमादब्लम आरोहणका लागि अनुमति लिएका छन् । अमादब्लम आरोहणका लागि ४५ समूहका ४१२ जना पुरुष र ८० जना महिला गरी ४९२ जनाले अनुमति लिएका छन् । अहिलेसम्म ७६ देशका आरोहीले विभिन्न ५२ हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।

त्यस्तै मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकाका १३०, फ्रान्सका १२९, जर्मनीका ९६, चीनका ७९, रसियाका ६७, जापानका ५१ र स्विट्जरल्यान्डका ५० जना रहेको विभागले जनाएको छ ।

२४ मंसिर २०८०