नगरपालिका संघको अध्यक्षमा ढुंगाना


टुरिजम पाना काठमाडौं । ६ पुष २०७९

नेपाल नगरपालिका संघको अध्यक्षमा मेयर भीम ढुंगाना सर्वसम्मत चयन भएका छन् ।

उनी नेपाली कांग्रेसका तर्फबाट धादिङको निलकण्ठ नगरपालिकाका निर्वाचित नगरप्रमुख हुन् । ४३ सदस्यीय कार्यसमितिमा ढुंगाना सर्वसम्मन अध्यक्ष चयन भएका हुन् ।

यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्र निर्वाचित सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा चयन भएका छन् ।

महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन् भने उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल चयन भएकी छन् ।

६ पुष २०७९