नेपाल एयरलाइन्सले माघ १ देखि इलामको सुकिलुम्बामा उडान गर्ने


टुरिजम पाना काठमाडौं । २६ पुष २०७९

नेपाल एयरलाइन्सले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा साप्ताहिक रुपमा उडान भर्ने भएको छ । माघ १ गतेबाट साप्ताहिक रुपमा उडान भर्न लागेको नेपाल एयरलाइन्सले जनाएको छ ।

उडान नियमित भएपश्चात इलाम मात्र नभएर पाँचथर, तेह्रथुम र ताप्लेजुङसम्मका यात्रुले सेवा पाउने छन् भने पर्यटकीय गन्तब्य इलाम पुग्ने पर्यटकको चाप वढ्ने अपेक्षा गरिएको छ । यसअघि पनि इलाम नगरपालिकाले पैसा तिने सर्तमा विमानस्थलबाट तारा एयरले उडान भरेको थियो । सम्झौता मिति सकिएसँगै उडान बन्द भएको थियो।

साथै नजिक रहेको भारतका विभिन्न क्षेत्रबाट समेत काठमाडौँ उडानका लागि यात्रु आउन सक्ने छन् । काठमाडौँबाट करिब एक घण्टाको उडान अवधिमा इलाम उडान गर्न सकिने यसअघि नै तारा एयरले बताएको थियो ।

सो विमानस्थलको छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको छ । धावन मार्गसमेत पक्की भइसकेको छ । विमानस्थलको घेराबारा र टर्मिनल भवन निर्माणका लागि रकम विनियोजन भइसकेको जनाइएको छ ।

२६ पुष २०७९