काठमाडौं आइपुग्यो नेपाली सेनाको एकीकरण मार्ग पदयात्रा टोली


टुरिजम पाना काठमाडौं । २६ पुष २०७९

नेपाली सेनाले ऐतिहासिक धरोहरको संरक्षण र प्रवद्र्धन सँगै इतिहासको जर्गेना गर्ने उद्देश्यले गोरखाबाट शुरु भएको पदयात्रा काठमाडौं आईपुगेको छ ।

षौष २१ गतेबाट नेपाली सेनाले आयोजना गरेको एकीकरण मार्ग पदयात्रा कार्यक्रम गोरखा दरबारबाट सुरु भई धादिङ्ग, नुवाकोट हुँदै २०७९ षौष २६ गते हनुमानढोका आइपुगेको हो ।

हनुमानढोका दरबारमा आयोजित विशेष समारोहमा उक्त कार्यक्रममा सहभागी फौजले गोरखाबाट बोकेर ल्याएको नेपाली सेनाका आरम्भकालीन पाँच कम्पनी (श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी हाल बर्दबहादुर तथा सबुज) को झण्डा, नेपालको राष्ट्रिय झण्डा तथा दिपज्योती हस्तान्तरण गरेको थियो ।

गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको सहयोगमा नेपाली सेनाको रिपुमर्दन गणले एकीकरण पदयात्राको आयोजना गरेको हो ।

गोरखाबाट नेपाली सेनाको पदयात्रा शुरु, पर्यटन विकास र धरोहरको संरक्षण गर्ने उद्देश्य

पर्यटन विकास र ऐतिहासिक धरोहरको संरक्षणका लागि नेपाली सेनाले पदयात्रा गर्ने 

२६ पुष २०७९