एनएसीको न्यारोबडी जहाजमा मर्मतको ५ घण्टामै समस्या !


टुरिजम पाना संवाददाता काठमाडौं । २ श्रावण २०८०
bayu sewa nigam
फाइल तस्वीर

नेपाल वायुसेवा निगमको नाइन एन-एकेडब्लु कलसाइनको न्यारोबडी जहाज मर्मत गरेर उडाएको ५ घण्‍टामै समस्या आएको छ। नाइन एन-एकेडब्लु कलसाइनको जहाज सगरमाथाको ककपिटमा अक्सिजन अभावको समस्या आएपछि उडान रोकिएको हो।

उक्त जहाज मंगलबार बिहान ९:३५ बजे क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं अवतरणको तालिका थियो। उतै ग्राउन्डेड भएपछि करिब १५२ यात्रु अलपत्र भएका छन्।

मर्मत सकेर सोमबार राति १० बजे काठमाडौं-मलेसिया उडान गरेको उक्त जहाजमा अवतरण लगत्तै ककपीटमा पर्याप्त अक्सिजन नभएको पाइएको निगमका एक उच्च अधिकारीले बताए।

काठमाडौं-मलेसिया उडान दुरी साढे चार घण्टाको छ। ककपिटको अक्सिजन सकिएको जानकारी आएसँगै निगम व्यवस्थापनले एयर एसियासँगको समन्वयमा ककपिट अक्सिजन व्यवस्था गरिएको थियो ।

२ श्रावण २०८०