जहाजमा समस्या दोहोरिएपछि निगमले बनायो छानबिन समिति


टुरिजम पाना संवाददाता काठमाडौं । २ श्रावण २०८०

 

जहाजमा पटक-पटक समस्या आउन थालेपछि नेपाल वायुसेवा निगमले छानबिन समिति बनाएको छ।

पर्यटनमन्त्री सुदन किरातीको निर्देशनमा निगमले आन्तरिक छानबिन उपसमिति गठन गरेको हो।

निगमले निर्देशक महेश मरिताको संयोजकत्वमा इन्जिनियर निर्देशक पोषक ज्ञवालीको सदस्य राखेर समिति गठन गरेको हो।

न्यारोबडी जहाज पछिल्लो केही महिनादेखि समस्या आएर ग्राउण्डेड हुँदै आएको छ।

सोमबार मर्मत गरेको न्यारोबडी जहाज मलेसियाबाट उडान गर्ने क्रममा अक्सिजन अभाव भएको देखिएपछि मंगलबार उतै ग्राउण्डेड भएको छ।

मलेसियामा अक्सिजन प्रेसर कम भएर भैरहवा-काठमाडौं उडान प्रभावित भएको यो जहाज काठमाडौं आइपुगेलगत्तै नागरिक उड्डयन प्राधिकरणले चेक जाँच गर्ने जनाएको छ।

२ श्रावण २०८०