नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनद्वारा नेपाल वायुसेवा निगम सम्मानित


टुरिजम पाना काठमाडाैँ । १५ श्रावण २०८१

 नेपाल वायुसेवा निगम धेरै कार्गो बोक्ने एयरलाइन्सको रुपमा सम्मानित भएको छ।

सन् २०२३ मा नेपालबाट धेरै कार्गो बोक्ने दोस्रो एयरलाइन्सको रुपमा  नेपाल वायुसेवालाई  सम्मान गरिएकाे हाे ।

नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनद्वारा आयोजित ३०औं कार्गो दिवस अवसरमा निगमलाई सम्मान गरिएको हो। निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीका अनुसार निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा डेन्जरियस् गुड्सलगायत कार्गो बोक्दै आइरहेको  छ ।

१५ श्रावण २०८१