नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा


टुरिजम पाना संवाददाता काठमाडौं । ८ भाद्र २०८२

नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा शेर्पाले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गरेका हुन्। वरिष्ठ उपाध्यक्षमा शेर्पा समूहमा ईश्वर पौडेल विजयी हुँदा  प्रथम उपाध्यक्षमा गुरुङ टिमका मिङ्मा ग्याबो शेर्पा विजयी बने।

द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी र महासचिवमा राजेन्द्र लामा विजयी भएका छन्। सचिवमा चन्दन थापा विजयी भए।

सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

कसको मत कति?

८ भाद्र २०८२