विश्वका १४ अग्ला हिमाल आरोहणमा नेपालका निमा रिन्जी शेर्पाले सबैभन्दा कान्छो आरोही र निर्मल पूर्जा (निम्सदाई)ले पुरक अक्सिनबिना सबैभन्दा छिटो आरोहणको विश्व र्कितिमान बनाएका छन् ।
काठमाडौस्थित सेभेन समिट ट्रेक्स प्रालिका अनुसार, संखुवासभाको मकालुका निमा रिन्जीले बुधबार चीनमा पर्ने विश्वको १४औं अग्लो हिमाल सिसापाङ्मा आरोहण गरेका छन् ।
उनी अहिले १८ वर्षका भए । सगरमाथासहित विश्वका सबै हिमाल सबैभन्दा कम उमेरमा आरोहण गर्नेमा उनी विश्वकै पहिलो भएको सेभेन समिटले जनाएको छ ।
त्यसैगरी आरोही निर्मल पूर्जा (निम्सदाइ)ले सगरमाथासहित विश्वका १४ अग्ला हिमाल बोतल अक्सिजनबिना सबैभन्दा चाँडो आरोहण गर्ने नया कीर्तिमान बनाएका छन् ।
आरोही पूर्जाले मंगलबार चीनमा पर्ने ८ हजार १२ मिटर अग्लो हिमाल अक्सिजन बोतलको सहायताबिना आरोहण गरेका थिए । ‘एकपट फेरि इतिहासको रचना भएको छ,’ पूर्जाले सामाजिक सञ्जालमार्फत भनेका छन्,‘पूरक अक्सिजनबिना विश्वकार १४ अग्ला शिखर २ बर्ष ४ महिना २८ औं दिनमा आरोण गरेको छु ।’
पूर्जाले यसअघि यी सबै हिमाल अक्सिनको सहायताले आरोहण गरेका थिए । यस्मा पनि उनी सबैभन्दा चाडो आरोहण गर्ने विश्वकै पहिलो आरोही थिए । पूरक अक्सिनको सहायतासहित र रहित पूर्जाले यी सबै १४ अग्ला हिमालमा ५ वर्ष ५ महिना १२ औं दिनमा सकेका छन् ।
उनको यो अभियान २३ अप्रिल २०१९ बाट सुरु भएको थियो । पूर्जाले ८ हजार अग्ला हिमालहरुमा हालसम्म ४९ औं पटक आरोहण गरिसकेका छन् । यसैबीच बुधबार एक दर्जन हाराहारी नेपालीहरुले सिसापाङ्मा हिमाल आरोहण गरेका छन् ।