कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले इन्डोनेसियाको कार्टेन्स्ज पिरामिड हिमालको सफल आरोहण गरी शुक्रबार राजधानी काठमाडौं फर्किएका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्वन्धित क्षेत्रका व्यवसायी र शुभचिन्तकहरुले विशेष स्वागत गरे । साथै, पुर्जा विमानस्थलबाट बौद्धनाथ स्तुपासम्म आयोजित मोटरसाइकल र्यालीमा पनि सहभागी भए ।
कार्टेन्स्ज पिरामिडको आरोहणसँगै विश्वका आठ हजार मिटर अग्ला १४ वटा शिखरहरु अक्सिजन र पूरक अक्सिजन बिना आरोहण गर्ने र सात महाद्वीपका सात सर्वोच्च शिखरहरूको सफल आरोहण गर्ने विश्वमा एक मात्र व्यक्ति बनेका पुर्जाले यसअघि असोज १८ मा तिब्बतको शिशपाङ्मा हिमालको आरोहण गरेका थिए ।
शिशापाङ आरोहणसँगै उनले बिना अक्सिजन (पुरक अक्सिजन) सबैभन्दा छोटो समयमा १४ वाटै उच्च शिखरहरु आरोहण गर्ने व्यक्ति बन्न सफल भएका थिए । उनले साढे दुई वर्षभित्र १४ वाटै हिमालको बिना अक्सिजन आरोहण गरेका थिए ।
पुर्जाले शिशपाङ्माको सफल आरोहण गरी विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु ५० औं पटक आरोहण गर्ने एक मात्र व्यक्ति पनि बनेका छन् ।