पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)लाई बेलायतको एक विश्वविद्यालयले विश्व कीर्तिमान पर्वतारोही निर्मल पुर्जालाई मानार्थ विद्यावारिधि प्रदान गरेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाका पूर्जालाई लगबोरग विश्वविद्यालयले पर्वतारोहण क्षेत्रमा कायम गरेको विश्व रेकर्डका लागि यो मानार्थ विद्यावारिधि प्रदान गरेको हो । पूर्जा विश्वविद्यालयका पूर्व विद्यार्थी समेत हुन् ।
पुर्जालाई केही दिनअघि मात्र लगबोरग विश्वविद्यालयको विन्टर ग्याजवेशन सर्भिसमा डाक्टर अफ द युनिभर्सिटि बनाइएको थियो । पुर्जाले सन् २०१२ मा लगबोरग युनिभर्सिटि अफ बिजनेस स्कूलमा स्नातकोत्तर डिप्लो इन सिक्युरटीमा अध्ययन गर्न सुरु गरी २०१४ मा पूरा गरेका थिए ।
जन्मभूमी म्याग्दीमै रहेका धौलागिरी र अन्नपूर्ण हिमालबाट ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड सहित अन्य विभिन्न किर्तिमानी समेत रहेको पूर्जाले हालै संसारको अग्लो सगरमाथा हिमालबाट स्काइभ डाइभ समेत गरेका थिए ।