थाइ एयरको ग्राउन्ड ह्यान्डलिङ सेवा नेपाल वायुसेवा निगमलाई हस्तान्तरण


टुरिजम पाना संवाददाता काठमाडौं । ९ पुष २०८०

थाइ एयरवेजले आफ्नो ग्राउन्ड ह्यान्डलिङ सेवा नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरेको छ।उक्त एयरले आफ्नो जहाजको ग्राउन्ड ह्यान्डलिङ सेवा आफैं गर्दै आएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको थाइ एयरवेजले यो सेवा निगमलाई हस्तान्तरण गरेको हो।

ग्राउन्ड ह्यान्डलिङ सेवा अन्तर्गत यात्रुको बोर्डिङ, चेक-इन, ब्यागेज, कार्गो ट्रली, र्‍याम्प बस लगायत सेवा दिनुपर्ने हुन्छ।

निगम र थाइ एयरवेजबीच सन् २०२३ अक्टाेबर २९ मा काठमाडौं विमानस्थलमा ग्राउन्ड ह्याण्डलिङ गर्नेबारे सम्झौता भएको थियो।

 

 

९ पुष २०८०