क्यानडाको ‘पिआर’ छाडेर २८ वर्षमै होटलको म्यानेजर


गोविन्द मरासिनी पोखरा । २७ फाल्गुन २०७९

सबै नेपालीको इच्छा हुन्छ राम्रो मुलुकमा सेटलमेन्ट हुने । पैसा कमाउने, घरपरिवारलाई आर्थिक हिसावले सवल बनाउने । तर, नुवाकोटका मनमोहन रिमाललाई आफ्नो घर, देश र परिवेश छाड्न मन लागेन् । घर परिवार, देश, समाजको माया, प्रेम त छदैछ, नेपालमा केहि गर्न सकिन्छ भन्ने अठोटमा साथ आफ्नै देशमा बसे ।

उनले आफ्नो करिअर नेपालमै देखे अनि छाडे क्यानडाको ‘पिआर’ । नेपालमा अवसर नै पाइन्न भनेर विदेश त्यो पनि बिकसित मुलुकको नाम सुन्दा साथ विदेश जान हतारिन वाध्य नेपाली युवाका लागि रिमाल एक उदाहरणीय पात्र बनेका छन् ।

बाल्यकालमै आत्मनिर्भरको चाहाना

नुवाकोटको विदुर नगरपालिका ०७ चैनपुरमा जन्मिएका २८ बर्षीय रिमाल सामान्य परिवारमै हुर्के । मध्यम परिवारमा जन्मेका उनी सानैदेखि आफैले केहि गनुपर्छ र आफू आफैमा आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच उनीमा थियो । प्लस टु सम्मको अध्ययन नुवाटमै पढेकका रिमाललाई पनि काठमाडौं छिरेर पढ्नेसँगै केहि गर्ने इच्छा जाग्यो ।

काठमाडौंको सरस्वती क्याम्पसमा विविएस पढ्ने निधो गरे । भर्खरै काठमाडौं छिरेको जो कसैलाई पनि काठमाडौंमा बस्न त्यति सहज छैन् । पढाईसँगै जागिर नगरी टिक्नै गाह्रो । काठमाडौंमा संघर्ष गर्ने क्रममा उनको यात्रा होटल लाइनतर्फ मोडियो ।

हस्पिटालिटीमा करिअर देखेर सांग्रिला होटलमा ट्रेनिङ लिए त्यसपछि उनले होटलको करिअरको लागि चाहिने बिषय बिएचएमको पनि अध्ययन गर्ने सोचे । एकै विश्वविद्यालयबाट दुई बिषय पढ्न नमिल्ने भएकाले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको गेट वे कलेज अफ म्यानेजमेन्टमा बिएचएमको अध्ययन शुरु गरे ।

मेहनतको फल

सानैदेखि आत्मविश्वास र मेहेनतमा विश्वास गर्ने रिमालले होटल याक एण्ड यती दरबारमार्ग, होटल सांग्रिला लाजिम्पाट, होटल मम्स होम, होटल वैशाली ठमेल, होटल ग्राण्ड मा कार्यरत रहँदा आफूलाई अब्बल सावित गरेको छन् ।

करिब ४, ५ बर्ष अगाडि पोखरा आएका रिमाल अहिले पोखराको लेकसाईडमा आइएमी गुप्र अन्तर्गत वेस्ट रिसोर्ट नेपाल प्रा.लि.ले सञ्चालन गरिरहेको ‘द लेकसाइड रिटिट्र’ मा अप्रेसन म्यानेजरको भूमिकामा छन् ।

त्यसो त उनले पोखरामै रहेको क्विनस पार्क थ्री स्टार होटलमा फ्रन्ट अफिस म्यानेजरको रुपमा काम गरे । द लेकसाइड रिटिट्र रिसोर्टमा ‘याक्ट्रिङ अप्रेसन म्यानेजर’ को रुपमा जिम्मेवार सम्हालेर उनलाई प्रशासनले छोटो समयमै जिम्मेवार सम्हालेर म्यानेजरको जिम्मेवारी दियो ।

जब क्यानडाको ‘पिआर’ हापे

नेपालमै केहि गर्छु भन्ने सोचले रिमालको मनमा डेरा जमाएको थियो । नेपालमै सामाजिक व्यक्ति बन्ने र आफ्नै देशमा रमाउने उनको इच्छा पनि थियो । त्यसैले त उनले पोखरामा होटलमा जागिर शुरु गर्नुअघि पाएको क्यानडाको ‘पिआर’ हापे ।

रिमाल भन्छन्, ‘होटल याक एण्ड यतीमा ट्रेनिङ गर्दा पढाई पनि भर्खरै सिक्दै थियो, सबै अनुभवहरु भएको र पिआरको लागि स्पोन्सर नै आईसकेको थियो, तर नेपालमै केहि गनुपर्छ भनेर म पोखरा आएको हो ।’

रिमालले क्यानडाको पिआरका लागि आफैले एप्लाई भने गरेका हैनन् उनले हस्पिटालिटीमा काम गर्दाको गेष्ट रिलेसन र पर्सनल रिलेसनकै कारण क्यानडाको अफर गरेका थिए ।

नेपालमा हस्पिटालिटीको क्षेत्रमा धेरै संघर्ष र अनुभव वटुलिसकेर जमिसकेका रिमाललाई क्यानडा गएर फेरी शुरु गर्नुभन्दा नेपालमा बनिसकेको बाटो छाड्न मन लागेन् । अहिले स्नाकोत्तरको अध्ययन गरिरहेका रिमालको करिअरबाट आफू मात्र हैन्, परिवार समेत खुसी देखिन्छ ।

समयअनुसार रमाउन जानेका रिमाल

क्यानडाको पिआर छाडेकोमा उनलाई कुनै प्रवाह छैन् । सानो खुसीमा रमाउन जानेका रिमाल लाइफमा चाहेर भन्दा पनि समय अनुसार चल्नुपर्ने बताउँछन् । ‘बाल्यकालमा सबैको रहर र इच्छा त हुन्छन्, तर समय र परिस्थीतिसँगै आफूलाई परिवर्तन गर्दै जे गरेपनि राम्रो गर्ने हो म यसमै खुसी छु’, रिमाल भन्छन् ।

होटलमा स्थापित भईसकेपनि तत्कालै होटल व्यवसायी बन्ने सोच नभएपनि भविष्यमा भने होटलकै माध्यमबाट भएपनि पर्यटनको क्षेत्रमा आउने उनको तयारी छ ।

नेपालमा रोजगारी नपाएर विदेश भौतारिनेहरुका लागि रिमाल एक गतिलो पात्र बनेका छन् । अरु युवाले नदेखेका सम्भावना रिमालले देखे अनि त नेपालमै स्थापित भए । नेपालमै केहि सम्भावना देखेर नेपालमै रम्न सक्यो भने धेरैलाई नेपालमै राम्रो अवसर भएको उनको भनाइ छ । उनी थप्छन्, ‘सबैको इच्छा आँकाक्षा र चाहाना हुन्छ तर आफ्नो सामाजिक स्टाट्स पनि राम्रो बनाउँछु नेपालमै केहि गर्छु भन्नेलाई नेपालमै धेरै अवसर छन् । ’

पढेका युवाहरु विदेश जाने मोहका कारण होटलकै क्षेत्रमा पनि राम्रो क्षमता र दक्षता भएकाहरु छैनन् । नेपालमा पनि राम्रो गर्न सक्नेलाई आज पनि नेपालमा थुप्रै होटलको राम्रो तलब सहित जागिरको अवसर छ ।

‘आइएमी गुप्रकै कुरा गर्ने हो भने पनि केहि बर्षमै केबलकारसहितका पाँच तारे होटलहरु सञ्चालनको तयारीमा छन्, त्यसकै पनि ठूलो संख्यामा रोजगार दिन सकिन्छ तर नेपालमा सक्षम जनशक्ति पाउनै मुस्किल भईसकेको’ रिमाल सुनाउँछन् ।

भविष्यमा पर्यटनको क्षेत्रमा लगानी गर्न चाहेका रिमाललाई राज्यले यस क्षेत्रमा गर्ने वेवास्ताका कारण भने चिन्ता छ । आर्थिक स्रोतको मुख्य आधार रहेको पर्यटन क्षेत्रलाई अगाडी वढाउन पर्यटकीय क्षेत्रको संरक्षण, विभिन्न स्थानमा वाटर स्पोर्टसमा लगानी, फेवा तालको संरक्षण सहित बिकासका नयाँ मोडल सहित केहि नयाँ गर्नमा राज्य लाग्नुपर्ने रिमालको सुझाव छ ।

२७ फाल्गुन २०७९