संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका नवनियुक्त सचिव डा. दिपक काफ्लेलाइ पर्यटन विभागमा स्वागत गरिएको छ। विभागका महानिर्देशक चक्रबहादुर बुढा लगायत विभागका कर्मचारीको उपस्थितिमा सचिब काफ्लेलाई स्वागत गरिएको हो।
मन्त्रालयका तत्कालीन सचिब भारत मणी सुबेदीको सरुवा भएसँगै रिक्त सचिब पदमा काफ्लेलाई पठाइएको हो । सचिब काफ्लेले पुष ४ गते बाट पद सम्हालेका छन्।