‘पाटा नेपाल स्टुडेन्ट च्याप्टर’ को नयाँ कार्यकारी समिति गठन


टुरिजम पाना काठमाडौं । ३० आश्विन २०७९
new executive committee

पेसिफिक एसिया ट्राभल एसोसियसन (पाटा) अन्तर्गतको ‘पाटा नेपाल स्टुडेन्ट च्याप्टर’ को नयाँ कार्यकारी समिति गठन भएको छ ।

सन् २०२२ देखि २०२४ सम्मका लागि कुल १६ जनाको समिति गठन गरिएको हो । समितिका अध्यक्षका रूपमा मिड भ्याली इन्टरनेसनल कलेजका स्टुडेन्ट प्रेसिडेन्ट निकेश केसी चयन भएका छन् ।

यस्तै पहिलो उपाध्यक्षको रूपमा लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्टकी प्रदक्सिना हमार र दोस्रो उपाध्यक्षको रूपमा ग्लोबल कलेज इन्टरनेसनलकी सुधा केसी चयन भएकी छिन् ।

यसबाहेक अथर्व बिजनेस कलेज, इन्टरनेसनल स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट, प्रिमियर होटल स्कुल, नेपाल कलेज अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट लगायतका कलेजका विद्यार्थीहरू यस समितिमा रहेका छन् ।

समितिको सल्लाहकारमा पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेश सिंह बुडाल रहेका छन् ।

३० आश्विन २०७९