नयाँ राइड सेयरिङ प्लेटफर्म ‘जाउँ गुरु’

पानी ट्याङ्की, मिनी ट्रक र जीप बुकिङ गर्न सकिने


टुरिजम पाना काठमाडौँ । ३० आश्विन २०७९

नेपालमा राइड सेयरिङ प्लेटफर्मको बढ्दो लोकप्रियताबीच नयाँ कम्पनी ‘जाउँ गुरु’ सुरू भएको छ । आइतबार काठमाडौँ स्थित एक होटलमा कार्यक्रम आयोजना गरि ‘जाउँ गुरु’को औपचारिक उद्घाटन गरिएको हो ।

जाउँ गुरु एपमा बाइक, ट्याक्सी, बाइक डेलिभरी, पानी ट्याङ्की, मिनी ट्रक र जीप बुकिङ गर्न सकिने कम्पनीका उपाध्यक्ष खुशी मान तावा लिम्बुले जानकारी दिए ।

जाउँ गुरुमा किफायती शुल्क, सुरक्षा वा मद्दतको लागि एसओएस विकल्प, लोकेसन सेयर गर्न सकिने, चौबीसै घण्टा सेवा र बुकिङ प्रक्रिया सजिलो रहेको कम्पनीका अध्यक्ष इन्द्रहाङ लिङ्देनले बताए ।

अहिले काठमाडौँ उपत्यकामा मात्र सेवा उपलब्ध भएको र आगामी दिनमा मोफसलमा पनि बिस्तार गरिने लिङ्देनको भनाइ छ ।Pathao nepal

३० आश्विन २०७९