देशभरका प्याराग्लाइडिङ बन्द गर्न नागरिक उड्डयन प्राधिकरणको निर्देशन


टुरिजम पाना पाेखरा । ३० आश्विन २०७९
national sports competition Nepal, paragliding
फाइल फोटो

नागरिक उड्डयन प्राधिकरणले देशभरका प्याराग्लाइडिङ बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले अर्को सूचना प्रकाशित नभएसम्म अनिश्चितकालको लागि प्याराग्लाइडिङमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ‘ब्लु स्काई कम्पनी’ को प्याराग्लाइडिङ आकाशमा उडिरहेको अवस्थामा अकस्मात एक सय मिटर माथिबाट जमिनमा खस्दा नेपाल त्रिभुवन आर्मी क्लबका पोखरा महानगरपालिका– १० अस्पताल चोक बस्ने २६ वर्षीय निसिम थापाको मृत्यु भएकाे थियाे । साेही कारण प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो ।

खेलाडीको मृत्युपछि उडान सुरक्षाबारे सुक्ष्म अध्ययन गरिने रअध्ययनकै लागि तत्काल सबै प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको प्राधिकरणले जनाएकाे छ ।

३० आश्विन २०७९