नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ खेलाडीको मृत्यु


टुरिजम पाना पाेखरा । ३० आश्विन २०७९
pokhara paragliding
फाइल तस्वीर

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सराङ्कोटमा भइरहेको प्याराग्लाइडिङ खेलाडीको खसेर मृत्यु भएको छ ।

आइतबार ११ः३० को समयमा प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ‘ब्लु स्काई कम्पनी’ को प्याराग्लाइडिङ आकाशमा उडिरहेको अवस्थामा अकस्मात एक सय मिटर माथिबाट जमिनमा खस्दा नेपाल त्रिभुवन आर्मी क्लबका पोखरा महानगरपालिका– १० अस्पताल चोक बस्ने २६ वर्षीय निसिम थापाको मृत्यु भएको नेपाल एयर स्पोर्टस्ट एसोसियसनका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।

‘राष्ट्रिय खेलमा खेलाडीको रूपमा सहभागी हुने क्रममा उहाँको दुर्घटना भइ मृत्यु भएको हो । दुर्घटना लगत्तै पोखराको मेट्रोसिटी हस्पिटल लगिएको थियो । तर अस्पतालमा पुग्दा उहाँको मृत्यु भइसकेको थियो,’ उनले टुरिजनपानसँग भने ‘उनको मृत्युपछि राष्ट्रिय खेल केही समयका लागि स्थगित हुने सम्भावना बढी छ । क्षतिपूर्तिको विषयमा हाल कुनै निर्णय भइसकेको छैन ।’

 

३० आश्विन २०७९