६८ यात्रु बोकेको यतिको जहाज पोखरामा दुर्घटनाग्रस्त


टुरिजम पाना संवाददाता पोखरा । १ माघ २०७९

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।ट

क्याप्टेन कमल केसीले उडाएको जहाज । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको हो ।

विमानमा चालक दलका ४ सहित ७२ जना रहेका थिए ।

जहाजमा आगो लागेको र निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी गराए । थप जानकारी अाउन बाँकी छ ।

Yati airline

Plane crash

१ माघ २०७९