पोखरा विमानस्थल राती पनि सञ्चालनमा, फागुन २५ गतेबाट बुद्वले रात्रिकालीन उडान भर्ने


टुरिजम पाना पोखरा । १२ फाल्गुन २०७९
pokhara international airport
तस्वीर: निवेश बराल/टुरिजम पाना

पोखरा रुटमा अब रात्रिकालीन उडान शुरु हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हिजोदेखि राती पनि विमानस्थल खुला रहेको र रात्रिकालिन उडानका लागि सम्पूर्ण तयारी पुरा भएको छ ।

अब पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न चाहने वायुसेवाले उडान गर्न सक्ने क्यानका भुलले बताए । बुद्ध एयरले रात्रिकालीन उडानको तालिका बुझाईसकेको र फागुन २५ गतेबाट रात्रिकालीन उडान शुरु गर्ने छ ।

यसअघि नागरिक उड्डयन प्राधिकरणले फेब्रुअरी २३ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको भएपनि केही समय ढिला गरी रात्रिकालीन उडानको तालिका बुद्ध एयरलाइन्सले सार्वजनिक गरेको हो । जनवरी १ बाट सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, श्री, गुण लगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन् ।

आन्तरिक उडानतर्फ बिहानदेखि सुरु भए पनि दिउँसो ४ बजे विमानस्थल बन्द गर्नुपर्ने अवस्था रहेको थियो । बुद्धको तालिका सार्वजनिक भएसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित छन् ।

१२ फाल्गुन २०७९