भुटानको ड्रुक एयरले पोखरामा चार्टर उडान गर्ने भएको छ ।
ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भदौ २३ गते उडान गर्न लागेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार करिब एक घण्टाको उडान गर्दै पोखरा आएपछि उक्त जहाज पोखराबाटै भुटान फर्किने छ ।
उनका अनुसार, ड्रुकले भदौ २३ गते पोखरामा चार्टर उडान गर्न साउन २५ गते प्राधिकरणसँग अनुमति मागेको थियो ।
‘ड्रुक एयरले चार्टर उडानपछि नियमित उडान गर्नेबारे समेत चासो देखाएको छ । प्रव्रिmयामा भने आइसकेको छैन,’ उनले भने ।
ड्रुक एयरले चार्टर उडानमार्फत १५० को हाराहारीमा यात्रु पोखरा ल्याउने र फर्किंदा रित्तै फर्किने उनले बताए ।
हाल भुटानबाट त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरले सातामा तीन र भुटान एयलाइन्सले सातामा चार वटा उडान गर्दै आएको छ ।
भुटानसँगको हवाई सम्झौता अनुसार नेपालको विमानस्थलमा भुटानका एयरलाइन्सले फिफ्ट फ्रिडम फ्लाइटको सुविधा पाएका छन् ।
यस्तो सुविधामा भुटानका एयरलाइन्सले हप्तामा सात वटासम्म उडान गर्न पाउने छन् ।