पोखरामा ऐतिहासिक बाघजात्रा कार्यक्रम सम्पन्न भएको छ । बाघजात्राको पहिलो दिन पोखरा बजारमा परिक्रमा गरिएको थियो ।
विशेषत नेवार समुदायमा प्रचलित यस जात्रालाई महाजात्रासमेत भनिन्छ।
पोखरामा २३ वर्षपछि बाघजात्रा निकालिएको हो। यसअघि २०५७ सालमा बाघजात्रा निकालिएको थियो।
बाघाजात्रा आयोजक समितिका अनुसार भने २०१४ सालदेखि भैरवटोलबाट सुरू भएको हो।









