पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा आजदेखि अंग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखरा सडक महोत्सव हँदैछ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन ‘रेवान’ पोखराको आयोजनामा आज पुष १२ गतेदेखी १६ गतेसम्म अर्थात डिसेम्बर २८ देखी जनवरी १ सम्म महोत्सव हुन लागेको ।
‘अगेंजी नयाँ बर्षको गन्तव्य स्थल’ बनाउनका लागि आयोजित महोत्सवको मूल नारा ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं रहेको छ । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन, जनजातिसँग सम्बन्धित लोपोन्मुख भेषभुषा, कला, संस्कृति, ग्रामिण क्षेत्रमा उत्पादित घरेलु सामाग्रीहरुको संरक्षणका साथै प्रवद्र्धन गर्ने महोत्सवको उद्धेश्य रहेको छ ।
महोत्सव पोखराको शहिदचोकदेखि खहरे डिहिकोपाटनसम्म करीब साढे तीन किलोमिटर क्षेत्रमा हुने रेवानले जनाएको छ ।
महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु, स्वदेशी हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद, वृत्तचित्र प्रदर्शनी, कृषि, वनस्पती लगायतका कृषि उपज सामग्रीहरुको प्रदर्शनी, बाल उद्यान, पोखराका विभिन्न साहसिक खेलकुदहरुको डकुमेन्ट्री प्रर्दशनका साथै पर्यटकिय गन्तब्यको प्रवद्र्धनात्मक प्रस्तुतीसमेत रहने रेवान पोखरा अध्यक्ष नरेशबहादुर भट्टराईले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सांस्कृतिक कार्यक्रम विशेष आकर्षणको रुपमा रहने रेवान पोखरा अध्यक्ष भट्टराईले बताए । उनका अनुसार महोत्सवमा देशका सातै प्रदेशका पहिचान झल्कने सांस्कृतिक टोली अन्तर्गत चितवनबाट थारुहरुको भेषभुषा सहितको थारु स्टिक नाच, सिन्धुलीवाट महिलाहरुको पञ्चेवाजा, रुकुमवाट मयुर नृत्य, शसस्त्र प्रहरीको व्याण्ड बाजा, नौमती पञ्चेबाजा, गुरुङ्ग छेडु नृत्य, त्रिवेणी समुहको संगित, राइ लिम्बु जातिको धान नाच, नेवार जातिको लाखे नृत्य, शिव भजन, मगर जातीको कौडा नाच, झलकमान समुहको संगित, जोजिजु समुहको संगित, रहनेछन् ।
त्यस्तै, हिमाली सांस्कृतीक परिवारको साँस्कृतिक कार्यक्रम, एस के डान्स ग्रुपको साँस्कृतिक कार्यक्रम, काठमाण्डौंवाट आउनुहुने कलाकारको इस्टुमेन्टल संगित, विभिन्न जातजातीको मौलिक भेषभुषा साँस्कृतिक कार्यक्रम सहितको झाकी प्रर्दशनी प्रतियोगितापनि हुने अध्यक्ष भट्टराईले जानकारी दिए ।
महोत्सवको अवसरमा पर्यटक दौड प्रतियोगिता, डुंगा खियाउने प्रतियोगिता, खुल्ला दौड प्रतियोगिता, रेष्टुरेण्टका कर्मचारीबीच वेटर रेस प्रतियोगिता, डोरी तान्ने ‘टग अफ वार’ प्रतियोगिता, भलिबल प्रतियोगिता, बालबालिकाका लागि चित्रकला प्रतियोगिता, स्पुन रेस प्रतियोगिता, कोकाकोला तथा वियर पिउने प्रतियोगिता, मःमः तथा ससेज खाने प्रतियोगितापनि हुने रेवान पोखराका महासचिव विकास भट्टराईले जानकारी दिए ।
महोत्सवको अवसरमा यस वर्ष पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीहरुको विषयमा टक सो कार्यक्रम हुने महासचिव भट्टराईले बताए ।
महोत्सवको करीब ५ लाख पर्यटकले अवलोकन गर्ने आयोजक रेवान पोखराको अपेक्षा छ । त्यसका लागि आवश्यक प्रचारप्रसार तथा तयारी गरिएको अध्यक्ष भट्टराईले बताए । उनका अनुसार पर्यटकलाई लक्षित गरेर होटल तथा रेष्टुरेण्टको ब्यबस्थापन गरिएको छ ।