गण्डकी प्रदेशको घुम्नै पर्ने गन्तव्यहरूको सूचीमा परेको तनहुँको ऋषिङ गाउँपालिकास्थित रानीपोखरी सरसफाई गरिएको छ ।
सरसफाई नगर्दा कुरुप देखिएको रानीपोखरीको तस्वीर तथा भिडियो डुलन्ते दाइ नामको फेसबुकबाट शेयर गरेसँगै यसबारे धेरैले चासो व्यक्त गरेका थिए ।
सो भिडियो तथा फोटो ‘भाइरल’ भएपछि गाउँपालिकालाई दवाव महशुस भएको गाउँपालिकाका कर्मचारीहरू बताउँछन् । त्यसपछि रानीपोखरीको सरसफाई गरिएको हो ।
विगतमा समय समयमा सरसफाई गरिने भएपनि यसपटक लामो समय सरसफाइ नगर्दा पोखरी कुरुप तथा अस्तव्यस्त बनेको थियो ।
हेर्नुहोस् फोटो