July 3, 2026
  • Blog
  • Destination
  • Adventure
  • Photo
  • Profile
  • Aviation
  • Culture
  • Hospitality
  • Interview
  • Auto
  • Others

हवाई पहुँच विस्तार गर्न इन्डोनेसियाले ३९ नयाँ विमानस्थल बनाउने

ठमेलमा अश्लील गतिविधि गरेको आरोपमा ५ विदेशी महिला पक्राउ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी स्थगित

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

पर्यटनलाई कृषिसँग जोड्न ‘रोपाइँ महोत्सव’

म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल

  • Blog
  • Destination
  • Adventure
  • Photo
  • Profile
  • Aviation
  • Culture
  • Hospitality
  • Interview
  • Auto
  • Others
  • Blog
  • Destination
  • Adventure
  • Photo
  • Profile
  • Aviation
  • Culture
  • Hospitality
  • Interview
  • Auto
  • Others

चिसो छल्न रारा आएका पाहुना चराको गणना


tourismpana logo png
टुरिजम पाना संवाददाता मुगु । ९ माघ २०८०
चिसो छल्न रारा आएका पाहुना चराको गणना गरिएको छ । रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले सोमबार नेपालकै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना चराको गणना गरेको हो । गणना कार्यमा निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती समितिका पदाधिकारी र स्थानीयको सहयोग सहभागिता रहेको थियो ।
चरा गणना गर्न निकुञ्जले चार समूह बनाएर चराको संधै बसोबास गर्ने र तैरिने तालका निश्चित ठाउँमा खटाई सोमबार बिहान ९ देखि ११ बजेसम्म गणना गरिएको निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिनुभयो ।
चारवटै टोलीले ल्याएका चराको सङ्ख्या, प्रजातिलाई छुट्याउँदा यो मौसममा साइबेरिया र मानसरोवरबाट चिसो छल्न सोमबारसम्म कोम्मोन कोड (मरुल) एक सय ७८, टुप्टेड डक (कालिजुरे हास) ८१, खोया हास तीन, हरियो टाउके हाँस एक, सुनजुरे हाँस एक सय १७ र सिउरी डुबुल्के हाँस १२ गरी कूल तीन सय ९२ पाहुना चरा रारा आएको पाइएको वरिष्ठ संरक्षण अधिकृत घिमिरेले बताउनुभयो ।
उहाँका अनुसार चिसो छल्न सयौँ चरा कैयौँ माइलको यात्रा गर्दै आउने क्रममा धेरै चराको समूहबाट छुटेर, बाटो बिराएर, थाकेर बाटोमै मृत्यु हुने गरेको र पुस तथा माघमा रारा पुगेका पाहुना चरा चार÷पाँच महिनाको रारा बसाइपछि फर्किन्छन् । पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने, पर्याप्त आहारा पाइने भएकाले चरा रारा आउने गरेका हुन् । पाहुना चरा निकुञ्जको मिलीचौर, ठाकुरज्यू मन्दिर, ओखरबोट, निजार क्षेत्रमा खोयाहाँस, कपनकुटलगायत चरा प्रशस्त देख्न सकिन्छ । तालमा मिसिएका स–साना हिमखोलातिर पनि यी चरा उक्लिने गरेका छन् ।
चरा राति बास बस्न ताल नजिकका ढुङ्गेओढार र रूखमा आउने गरेका छन् । मङ्सिर सुरु भएपछि राराको तालदेखि जङ्गल क्षेत्रमा विभिन्न प्रकारका ठूला–साना चराचुरुङ्गी देखिनाका साथै चिरबिर आवाज सुनिने गरेको मुर्मा गाउँका स्थानीय नन्दसिङ रोकायाले बताउनुभयो । प्रत्येक वर्ष विश्वका विभिन्न चिसो ठाउँबाट चिसो छल्न रारामा विभिन्न प्रजातिका पाहुना चरा आउने गरेका छन् । कुन वर्ष कति पहुना चरा आए भनेर निकुञ्जले चराको गणना गर्ने गर्दछ ।
९ माघ २०८०

You may also like

Corporate • Headlines

हवाई पहुँच विस्तार गर्न इन्डोनेसियाले ३९ नयाँ विमानस्थल बनाउने

3 Views
1 Min Read
Headlines • News

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी स्थगित

7 Views
1 Min Read
Destination • Headlines • News

म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल

10 Views
2 Min Read
चार अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी मोडलमा सञ्चालन गर्ने तयारीमा छौँ – मन्त्री किराती
चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक
    Share This!
    FacebookXPinterestLinkedInWhatsApp

Topics

  • Adventure262
  • Auto16
  • Aviation294
  • Blog15
  • Corporate173
  • Culture228
  • Destination324
  • Headlines2,606
  • Hospitality174
  • Interview10
  • News1,324
  • Others30
  • Photo155
  • Profile43
  • Uncategorized426

Featured

Corporate • Headlines

हवाई पहुँच विस्तार गर्न इन्डोनेसियाले ३९ नयाँ विमानस्थल बनाउने

Headlines • News

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी स्थगित

Destination • Headlines • News

म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल

Headlines • News

विद्यार्थीका टेक परियोजनाहरूको प्रदर्शनी सुरु, लगानीकर्ता र स्टार्टअपसँग जोड्ने लक्ष्य

Headlines • News

टिकटक र नेपाल पर्यटन बोर्डको सहकार्यमा ‘VisitNepal’ डिजिटल स्टोरीटेलिङ कार्यशाला सुरु

Hospitality

Headlines • Hospitality • News

‘सिला’देखि ‘मिथिला थाली’सम्म : सन्तोष साह पक्षले सुनायो विवादको पृष्ठभूमि

1:50 pm
Hospitality • Headlines

जेनजी आन्दोलनको आगोबाट उठ्दै बगैंचा रिसोर्ट एण्ड स्पा, एक महिनाभित्र पाहुना स्वागत गर्ने

3:13 pm
Headlines • Hospitality • News

फ्लाईदुबईलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान अनुमति, पोख्रेलीमा उत्साह

8:52 am
Headlines • Hospitality

शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो

11:10 am
Hospitality

नेपालमा म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच साझेदारी, दुई अल्ट्रा लक्जरी होटेल निर्माण हुने

8:02 am

Aviation

पोखरा विमानस्थलबाट उडान भर्न फ्लाई दुबई इच्छुक, प्राविधिक निरीक्षण सम्पन्न

2:09 pm

अवतरणका क्रममा टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी, अन्तर्राष्ट्रिय उडान प्रभावित

8:15 am

उड्न लागेको बुद्ध एयरको जहाजमा झ्यालको सिसा नै झर्यो

1:41 pm
pokhara paragliding

प्याराग्लाइडिङ उडानअघि पाइलटको मापसे-लापसे चेक अनिवार्य, सोलो उडान खुला गरिंदै

1:37 pm

सुरक्षा जाँच पछि काठमाडौँ फर्कियो बिराटनगर होल्ड भएको बुद्ध एअरको जहाज

12:04 am

Heritage

panauti municipality
Culture • Destination • Headlines • Photo

पनौतीको रहस्यमय ब्रह्मायणी मन्दिर

12:58 pm
janakpur chhatha
Culture • Headlines

जनकपुरकाे गंगा सागरमा छठ पूजाकाे तयारी (तस्वीरहरू)

3:02 pm
food blogger manjita manandhar my darling food
Headlines • Culture • Profile

नयाँ पुस्तामा लोकप्रिय ‘माई डार्लिङ फुड’

3:50 pm
Culture • Headlines

दमौलीमा जारी सांस्कृतिक एवम् पर्यटन महोत्सवको पाँचौ दिन, ६० हजारले गरे अवलोकन

10:33 am
Culture

आज अक्षय तृतीया: युगको शुरूवातदेखि सातु खाने चलनसम्म, यस्तो छ महत्व

7:00 am

Tourism Pana

Tourismpana.com is a tourism-focused magazine and online media launched for the promotion of domestic and foreign tourism, tourism-related activities and advocacy at the policy level. It aspires to highlight various aspects of Nepal’s tourism industry including the untouched destinations and the renowned heritages.


Contact:
[email protected] , 9802333364
KTM, Metropolitan-10, Baneshwor, KTM, Nepal

Tourism Pana Copyright © 2026. Developed by Madani Media Network Pvt. Ltd.