लमजुङमा लोपोन्मुख दुर्लभ जातको सालकको उद्धार


टुरिजम पाना लमजुङ । ३१ श्रावण २०८१

लमजुङको दोर्दी गाउँपालिकामा जंगलमा बाहिर अएको लोपोन्मुख दुर्लभ जातको सालकको उद्धार गरिएको छ ।

विहिबार बिहान दोर्दी गाउँपालिका वडा नं.३ र ४ को बिचमा रहेको किसेदी खोलाको किनाराको ग्याविन जालीमा अड्किएर रहेको अवस्थामा एक सालक फेला परेको हो ।

डिभिजन वन कार्यलय लमजुङका डिभिजन वन अधिकृत दिपक प्रसाद पण्डितले स्थानीय देखेर खबर गरेपछि श्रीमन्ज्याङ प्रहरी चौकीलाई जानकारी गराएको बताए ।

उनका अनुसार सुरक्षित राखिएको सालकलाई सब-डिभिजन वन कार्यालयको सहयोगमा जंगलमा छोडिएको बताउँदै उनले भविष्ययमा यस क्षेत्रमा पर्यटन विकास गराउन संसारमै दुर्लभ मानिएको सालकले विशेष महत्व राख्ने बताए ।

राइनास नगरपालिकामा केहि सयम अगाडि सालक देखिएपनि यस गाउँमा भने पहिलो पटक देखिएको हाे । साथै सालक संरक्षणमा अबका दिनमा सामुदायिक वन तथा संघसंस्थासँग मिलेर विशेष पहल गरिने समेत उनले बताए ।

३१ श्रावण २०८१