पर्यटन प्रर्वद्धनका लागि पर्यटन बोर्डले शुरु गर्‍यो ‘सेल्स मिसन कार्यक्रम’


टुरिजम पाना काठमाडौं । १२ माघ २०७९

नेपाल पर्यटन बोर्डले कोभिड महामारीपछिको नेपाली पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न विभिन्न देशमा सेल्स मिसन शुरु गरेको छ ।

बोर्डको वार्षिक कार्यक्रम अनुसार विभिन्न देशमा यस्ता कार्यक्रहरु भइरहेको र यसले नेपालको पर्यटनलाई थप चलायमान बनाउने बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिए । ‘बोर्डको वार्षिक कार्यक्रम अनुसार पर्यटन व्यवसायीहरुको सहकार्यमा विभिन्न देशमा सेल्स मिसनका कार्यक्रमहरु शुरु भएका छन् । यसले नेपालको पर्यटनलाई लयमा फकाएउन सहयोग गर्ने अपेक्षा गरेका छौं ’ उनले भने ।

बोर्डले नेपाल एशोसिएसन अफ ट्रावल एण्ड टुर अपरेटर्स (नाट्टा) संगको सहकार्यमा भारतको माघ १० गते वाराणसी (वनारस), र ११ गते गोखपुरमा सेल्स मिसन तथा बीटूबी कार्यक्रम सम्पन्न गरेको छ भने माघ १३ गते भारतको लखनउमा कार्यक्रम आयोजना गदैछ । सेल्स मिसन टोलीमा नेपालका ११ वटा विभिन्न ट्राभल कम्पनी, बुद्ध एयरलाइन्स र लुम्बिनी तथा भैरहवा क्षेत्रका पर्यटन व्यवसायीको पनि सहभागिता रहेको छ ।

गोरखपुर तथा वनारसमा आयोजित कार्यक्रममा नेपाल बोर्डका प्रबन्धक सुमन घिमिरेले नेपालको पर्यटनबारे प्रस्तुतीकरण दिँदै नेपाल र भारतबीच एतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको र वाराणसी र नेपालका बीच धार्मिक पर्यटनमा सहकार्य गर्न सकिने र यसबाट दुवै देशलाई फाइदा पुग्ने विश्वास लिईएको छ ।

नाट्टाका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक विष्णु पाण्डेले नेपालले भारतीय पर्यटकका लागि विशेष ध्यान दिँदै क्रस र्बोडर पर्यटनमा जोड दिए । उनले भारतीय पर्यटकको स्वागत गर्न नेपाल सधैं तयार रहेको जानकारी दिँदै बीटुबी कार्यक्रमबाट हुने पर्यटकीय गतिविधीले दुवै देशको पर्यटन प्रर्वद्धन हुने बताए ।

स्पेनको मड्रिडमा फितुर सम्पन्न

यसैबीच नेपाल पर्यटन बोर्ड र नाटाको सहकार्यमा स्पेनको मड्रिडमा फितुर सम्पन्न गरेको छ। जनवरी १८ देखि २२ तारिखसम्म आयोजना गरिएको उक्त कार्यक्रमको अवलोकन गर्दै स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल नेपाल सबै सिजनको लागि उपर्युक्त गन्तवय भएको भन्दै नेपाल भ्रमणको लागि आग्रह गरिन् ।

यस्तै बोर्ड र स्पेन स्थित नेपाली दुतावासको सहकार्यमा नेपाल प्रमोशन इभेन्ट पनि सम्पन्न भएको छ ।

१२ माघ २०७९