नियमविपरीतका फ्लेक्स बोर्ड हटाउँदै बन्दिपुर गाउँपालिका


टुरिजम पाना बन्दिपुर । १२ माघ २०७९

तनहुँको बन्दिपुर गाउँपालिकाले पर्यटकीय क्षेत्र बन्दिपुर बजारमा नियमविपरीत राखिएका फ्लेक्स बोर्ड हटाउने कामलाई तीव्रता दिएको छ।

सुन्दर पर्यटकीय क्षेत्रलाई विभिन्न फ्लेक्स बोर्डले कुरुप बनाएको भन्दै उक्त कार्य सुरु गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको मापदण्ड अनुसारको बोर्ड भने राख्न पाइने बताएको छ ।

गाउँपालिकाले बजारमा नियमविपरीत अब्यबस्थित रुपमा राखिएका टेवल कुर्ची तथा ब्यापारिक प्रयोजनका सामाग्रीहरु समेत हटाई ब्यबस्थित गर्न आग्रह गरेको छ।

१२ माघ २०७९