सारङ्गी बजाउन सिक्न चाहनेहरूका लागि प्रोजेक्ट सारङ्गीले विशेष छुटसहित नयाँ कक्षा सञ्चालनको घोषणा गरेको छ ।
प्रोजेक्ट सारङ्गीले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी गराएको हो ।
आगामी अगष्ट २७ (भदौ १०) देखि सारङ्गीको नयाँ कक्षा सञ्चालन गरिनेछ ।
अगस्ट १८ भन्दा अगाडि नै कक्षा बूक गर्नेलाई २० प्रतिशत छुट र सारङ्गी खरिदमा १० प्रतिशत छुट दिइएको प्रोजेक्ट सारङ्गीले जनाएको छ । अब सीमित सिटमात्रै बाँकी बसेकाले छिट्टै सम्पर्क गर्न समेत प्रोजेक्टले आह्वान गरेको छ ।
ललितपुरको अरुण थापा चोकमा रहेको प्रोजेक्ट सारङ्गीमा सम्पर्क गरि कक्षा बुक गर्न सकिने कम्पनीको भनाइ छ ।