सौर्य एयर जहाजका क्याप्टेनकाे उद्धार गरी केएमसी पठाइयाे


टुरिजम पाना काठमाडौँ । ९ श्रावण २०८१

त्रिभुवन विमानस्थलमा भएकाे सौर्य एयर जहाज दुर्घटनामा क्याप्टेनकाे उद्धार गरिएकाे छ ।

पत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले जहाजका क्याप्टेन मनीष शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको बताए । उनका अनुसार उपचारका लागि शाक्यलाई केएमसी अस्पताल पठाइएको हो ।

जहाज प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको हाे । जहाज सी चेकका लागि पोखरा लैजान लागिएको थियो ।

जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले दिएको जानकारी दिए ।

दुर्घटनग्रस्त जहाजको उद्धार कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली खटिइएका छन् ।

जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।  विमानस्थल नखुल्ने भएपपछि दर्जनौं उडान अवतरणमा प्रभावित भएका छन् ।

९ श्रावण २०८१