माओवादीकी श्रीपाली पर्यटन राज्यमन्त्री नियुक्त


टुरिजम पाना काठमाडौं । ३ माघ २०७९

नेकपा माओवादी केन्द्रकी सुशीला श्रीपाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री नियुक्त भएकी छिन् ।

उनी माओवादी केन्द्रको (दलित कोटा) तर्फबाट समानुपातिक सांसद बनेकी थिईन् । २०६८ मा दलित आयोगको सदस्य भएकी श्रीपाली माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत छिन् ।

उनका श्रीमान डम्मरसिंह ठकुरी सेना समायोजनमार्फत नेपाली सेनामा छन् । यस्तै माओवादी केन्द्रबाटै सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बनेका छन् ।

३ माघ २०७९