पर्यटकीय गन्तब्य कालिन्चोकमा बर्षकै पहिलोपटक हिमपात, व्यवसायीहरु उत्साहित


टुरिजम पाना कालिन्चोक । १४ फाल्गुन २०७९
kalinchowk ipo
फाइल तस्वीर

पर्यटकहरुको विशेष चहलपहल हुने पर्यटकीय गन्तव्य कालिन्चोकमा आइतबार दिउँसोबाट हिमपात भएको छ। मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएको हो।

आइतबार दिउँसो करिब ४ बजेबाट सुरु भएको हिमपात निरन्तर जारी रहेको छ । जिल्लाको मुख्य पर्यटकीय स्थलका रूपमा चिनिने कालिन्चोक, जिरी शैलुङ खरीढुङ्गालगायतका क्षेत्रमा पनि हिमपात भएको हो ।

३८४२ मिटरको उचाइमा रहेका कालिन्चोक क्षेत्रमा विगतका वर्षमा यो वर्ष भने पहिलोपटक हिमपात भएको हो। हिमपातमा सधैँ पर्यटक भरिभराउ हुने कालिन्चोकमा यो वर्ष हिमपात नहुँदा पर्यटकको चहलपहल खासै बढेको थिएन।

अब भने हिमपात शुरु भएको पर्यटकको चहलपहल हुने भन्दै व्यवसायीहरु उत्साहित बनेका छन् ।

१४ फाल्गुन २०७९