‘फ्लाइ दुबई जहाज सुरक्षित गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला’ : मन्त्री किराती


टुरिजम पाना संवाददाता काठमाडौं । ११ बैशाख २०८०
फाइल तस्वीर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको बताएका छन् ।

सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा आगलागी भएको देखिएको थियो ।

तर विमान गन्तव्यतर्फ गएको मन्त्री किरातीले फेसबुकमार्फत जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा ।’

 

११ बैशाख २०८०