काठमाडौँबाट उड्ने वित्तिकै फ्लाइ दुबईको जहाजमा समस्या, आकस्मिक अवतरणको तयारी


टुरिजम पाना संवाददाता काठमाडौं । ११ बैशाख २०८०
फाइल फोटो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानमा समस्या देखिएको छ ।

विमानमा ठूलो आवाजसहित आगो समेत निस्केको प्रत्यक्षदर्शीले बताए ।

आगोको दृश्य काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रबाट समेत देखिएको थियो । आगोसँगै सो समयमा आकाशमा धुवाँको मुस्लोसमेत देखिएको थियो ।

उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

उनका अनुसार, अहिले आकस्मिक अवतरणको तयारी भइरहेको छ ।

११ बैशाख २०८०