तमोरमा र्‍याफ्टिङ सुरू


टुरिजम पाना पाँचथर । २२ मंसिर २०७९
tamor rafting

फिदिमको तमोर नदीमा हिउँद लागेसँगै र्याफ्टिङ सुरू भएकाे छ । भ्याली ट्राभल टुर एण्ड ट्रेकिङ प्रालिले वर्षा याममा स्थगित गरेको र्‍याफ्टिङ अहिले सुरू गरेकाे हाे ।

तमोर भ्यालीका सञ्चालक दिपेन्द्र तुम्बापोका अनुसार बाढी पहिरोको जोखिम हुने भएकाले वर्षाका वेला र्‍याफ्टिङ बन्द गरिएकाे थियाे । र्‍याफ्टिङ सुरू भएपछि त्यहाँ जाने पर्यटकहरूकाे संख्या पनि बढ्न थालेकाे छ ।

पूर्वी पाँचथरका साथै ताप्लेजुङ, इलाम, झापा, मोरङ, तेह्रथुम, धनकुटाबासी र्‍याफ्टिङका लागि तमाेर पुग्ने गरेका छन् । विगत चार वर्षदेखि तमोर भ्यालीमा र्‍याफ्टिङ सुरू भएकाे हाे ।

र्याफ्टिङ गरेको चार हजारदेखि दश हजार रुपियाँसम्म शुल्क लिइँदै आएको छ । र्‍याफ्टिङ सेवाका लागि तमोर भ्यालीले आठ–आठ जना खेलाडी अट्ने दुई वटा नाउ पनि सञ्चालनमा छन् ।

२२ मंसिर २०७९