तनहुँ पर्यटन प्रवर्द्धन समाजको अध्यक्षमा श्रेष्ठ


टुरिजम पाना तनहुँ । २३ पुष २०७९

तनहुँ पर्यटन प्रवर्द्धन समाजकाे अध्यक्षमा शुक्र कुमार श्रेष्ठ चयन भएका छन् ।

समाजकाे आठौँ बार्षिक साधारण सभा तथा अधिवेशनले श्रेष्ठकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

संस्थाकाे उपाध्यक्षमा भुवन श्रेष्ठ, रुद्रसिंह ठकुरी, सचिबमा हरि लामिछाने, कोषाध्यक्ष केशव श्रेष्ठ, सह- कोषाध्यक्षमा प्रेम तिमल्सिना, र सदस्यहरुमा हिउँवाला प्रधान, सुरविर थापा र राम थापा चयन भए ।

पर्यटन ब्यबसायीहरुद्वारा तनहुँको आन्तरिक र बाह्य पर्यटन बिकासमा महवपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

संस्थाको निर्वतमान अध्यक्ष गुप्त बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा तनहुँ क्षेत्र नं. २ का सांसद एवं पुर्व बन तथा बाताबरणमन्त्री शंकर भण्डारी प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बिभिन्न क्षेत्रका पर्यटन ब्यबसायीहरुको संलग्नता रहेको थियो ।

२३ पुष २०७९