गलत अपवाह फैलाएकोमा तारा एअरकाे आपत्ति 


टुरिजम पाना काठमाडाैँ । १८ असार २०८१

सोमबार दिउँसो केहि अनलाइन पत्रिकाले तथा केहि गतल मनसायको व्यक्तिले तारा एअर प्रा.लि बारे गलत समाचार प्रसारण तथा पोष्ट गरेकोमा प्रा.लिले आपत्ति जनाएको छ ।

‘तारा एयरको पोखराबाट जोमसोमको लागि उडेको जहाज सम्पर्क  बिहिन’ शिर्षकमा केहि अनलाइनले आज समाचार सम्प्रेषण गरेको थियो । यस्ता गलत र भ्रमपूर्ण समाचारको पछि नलाग्न सरोकारवालाई आग्रह गर्दै प्रा.लि ले प्रेस विज्ञप्ति जारी गरेको छ ।

गलत समाचार सम्प्रेषण गर्ने तथा बदनियतपूर्वक सामाजिक संजालमा भ्रामक कुरा फैलाउने विरुद्घ कानूनी कार्वाही अगाडि बढाउने समेत प्रा.लि जानकारी गराएको छ ।

१८ असार २०८१