सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले द क्लिफले सञ्चालन गर्दै आइरहेको स्काई क्याफेको मज्जा लिएका छन्।
सोमबार श्रीमतिसहित द क्लिफ पुगेका अर्यालले मंगलबार बिहान स्काइ क्याफेमा ब्रेकफास्ट लिएको क्लिफका अध्यक्ष राजु कार्कीले बताए । भ्रमणका क्रममा महानिरीक्षक अर्यालले द क्लिफले सहासिक पर्यटनको प्रचारप्रसार र विकासमा योगदान गरेको भन्दै प्रशंसा समेत गरे ।
एडभेञ्चर टुरिजम हवका रुपमा विकास भइरहेको द क्लिफमा विभिन्न सरकारी निकायका प्रतिनिधि बहालवाला मन्त्री तथा कूटनीतिक नियोगका अधिकारीलगायतले अवलोकन भ्रमण गर्दै आएका छन् । केही दिनअघि मात्रै संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल द क्लिफ पुगेका थिए।
राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्वीङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन हुँदै आएको छ ।
बन्जी र स्विङसँगै क्लिफमा रहेको रिसोर्टमा लग्जरी कटेज रुममा आवासको सुबिधा छ । इन्फिनिटी स्विमिङ पुल र कन्फ्रेन्स हल निर्माणाधीन छन् ।
क्लिफमा विश्वकै अग्लो व्यावसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ चियरलगायत गतिविधि सञ्चालनमा छन् ।