तीन दिन द क्लिफ बन्द रहने, कर्मचारीहरूका लागि ‘रिफ्रेसमेन्ट टुर’ गर्दै


टुरिजम पाना पर्वत । २३ माघ २०७९
bungee

साहसिक पर्यटनका लागि लोकप्रिय कम्पनी द क्लिफ नेपालले आफ्ना कर्मचारीहरूका लागि रिफ्रेसमेन्ट कार्यक्रम आयोजना गरेको छ । जसका लागि माघ २३ गतेदेखि २५ गते बुधबारसम्म कम्पनीले दिँदै आएको सेवा बन्द रहने भएको छ ।

आफ्ना कर्मचारीहरूका लागि ‘रिफ्रेसमेन्ट’ कार्यक्रम आयोजना गरिएकाले तीन दिन एड्भेन्चर र रिसोर्टका सबै सेवाहरू बन्द गरिएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए । उनका अनुसार, बिहीबारदेखि सेवा पुनः सञ्चालनमा आउनेछ ।

‘हामीले हाम्रा कर्मचारीहरूका लागि रिफ्रेसमेन्ट कार्यक्रम आयोजना गरेका छौँ । जसकारण कम्पनीले दिने सेवा तीन दिनका लागि बन्द गरेका हौँ,’ कार्कीले भने ।

द क्लिफ राजु कार्की नेतृत्वको टिमले पर्वतको कुष्मामा जीपलाइन, बन्जी, स्काई साइक्लिङ, स्काई क्याफे लगायतका साहसिक गतिविधि सञ्चालन गरिरहेको छ । साहसिक पर्यटनका लागि निकै चर्चित यस कम्पनीमा ७० जनाभन्दा बढी जनशक्ति आवद्ध छन् ।

कम्पनीले कर्मचारीहरूका लागि ‘रिफ्रेसमेन्ट’ गराउने उद्देश्यले पहिलो पटक तीन दिन सेवा बन्द गरेको हो । कर्मचारीहरूलाई रिफ्रेसमेन्ट तथा बाहिरका यस्तै गतिविधिबारे जानकारी लिने हिसाबले पनि तीन दिन घुम्न निस्कन लागेका हौँ,’ कार्कीले भने ।

२३ माघ २०७९