रङ्गिविरङ्गी फूलहरूको मनोरम दृश्य [तस्वीरहरू]


टुरिजम पाना संवाददाता काठमाडौं । ९ चैत्र २०७९
तस्वीरहरू: राजन सिंखडा

घुम्नका लागि नेपाल जुनसुकै सिजनमा पनि रमणीय देख्न सकिन्छ । भौगोलिक हिसाबले पनि यहाँ घुम्नका लागि निकै नै मनमोहक रहेको पाइन्छ ।

‘नेपाल फर अर सिजन’ भनेर प्रचार समेत गरिएको छ नेपाललाई । सयौं थुंगा फूलका हामी भनेझैं यहाँ विभिन्न किसिमका रङ्गिविरङ्गी फूलहरू पाइन्छन् । त्यसमा पनि विशेष गरि वसन्त ऋतुमा नेपालका विभिन्न ठाउँमा प्रशस्त फूलहरू देख्न सकिन्छ ।

चाँप, पलाँस, सिमल लगायतका फूलहरू अत्यन्तै सुन्दर देख्न सकिन्छ । वसन्त पञ्चमी पछिका दिनहरूमा देखिने यस्ता फूलहरू नियाल्दा मन नै चङ्गा हुन्छ । अझै, फूलहरूसँगै पर्यटकहरू पनि निकै रोमान्टिक बन्न सक्छन् ।

चितवन राष्ट्रिय निकुञ्ज लगायतका विभिन्न ठाउँहरूमा यस्ता फूलहरू देख्न सकिन्छ । फूलहरूमा मौरी झुम्मिएको दृश्य, फूल खाइरहेका चराहरू, सिमलका फूल खाएर उग्राइरहेका मृगहरू, चखेवाका जोडी हेर्दैको मज्जा लिनका लागि पनि यो समयमा राष्ट्रिय निकुञ्ज घुम्न सकिन्छ ।

साइबेरियातिरबाट नेपाल आएका पाहुना चराहरू, भालुले घाम ताप्दै खानेकुरा खोज्दै गरेको, गैँडा तथा हात्तीहरू चरण गरिरहेको लगायतका मनोरम दृश्य देख्न सकिन्छ । चितवनमा मात्र नभएर दक्षिण तराईमा जता पनि त्यसकिसिमको सुन्दरता देख्न सकिन्छ ।

तस्वीरहरू

९ चैत्र २०७९