पर्यटन दशक अवधारणा परिमार्जन गर्न नेपाल पर्यटन बोर्ड र सरोकारवालाबिच छलफल


टुरिजम पाना काठमाडाैँ । २० असार २०८१

नेपाल पर्यटन बोर्डले पर्यटन दशक अवधारणाका बारे सराेकारवालाहरुसँग छलफल गरेकाे छ ।

बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  पर्यटन दशक २०२३–२०३२ अवधारणाका विषयमा मन्त्रालय र नेपाल पर्यटन बोर्डले सरोकारवालाहरुसँग छलफल गरेकाे हाे ।

अन्तरक्रियामा निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधीहरुले पर्यटन दशकको अवधारणा राम्रो भएपनि बद्लि‌‍‌दाे समय अनुरुप यसलाई परिमार्जन गरेर लैजाँदा उर्ययुक्त हुने सुझाव दिएका छन् । उनीहरुले पर्यटनलाई चलायमान बनाउन  नीतिगत सुधार तथा पूर्वाधारको विकासलाई राज्यले पहिलो प्राथमिकतामा राख्नु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष डा‍‍‌‌ गणेशप्रसाद पाण्डेले सरकार निजी क्षेत्रको सहकार्यले मात्रै पर्यटन चलायमान बनाउन सकिने समेत बताए । नेपाल पर्यटन बोर्डका कार्यकारी समितीका उपाध्यक्ष रामप्रसाद सापकोटाले पर्यटनलाई चलायमान बनाउन केही गर्नु पर्ने अवस्थामा मन्त्रालयमा रहेको अवधारणमा माथी निजी क्षेत्रको रायले मार्ग प्रशस्त गर्ने बताए ।

मन्त्रालय सह–सचिव ईन्दु घिमिरेले अन्तरक्रिया फलदायी भएको बताउँदै निजी क्षेत्रको सुझावका आधारमा अवधारणा परिमार्जन गरिने जानकारी दिनुभयो

कोभिडले थलिएको पर्यटनलाई पुनः लयमा फर्काउन क्रमिक रुपमा केही गर्नु पर्ने भन्दै मन्त्रालयले २०७९ मा बोर्डका पूर्व कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेर कार्ययोजना निर्माण गर्न लगाएको थियो । कार्यदलले रणनीतिक कार्ययोजनाको रूपरेखा तयार गरि २०७९ पुष ७ गते आफ्नो प्रतिवेदन बुझाएको थियो ।

कार्ययोजनाको खाका प्रस्तुत गर्दै नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेनले देशैभरी बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन् २०२४ सम्ममा पर्यटन आगमनलाई २०१९ को अवस्थामा पु¥याउने बताए । उनले प्रतिवर्ष १५ प्रतिशतले पर्यटन वृद्धि गरी सन् २०३२ सम्ममा ३५ लाख पर्यटक भित्र्याउने बताए ।

आगामी १० वर्षभित्र पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ कार्ययोजना निर्माण गरिएको जानकारी उनले दिए ।

२० असार २०८१