माओवादीको भागमा पर्‍यो गण्डकी प्रदेशको पर्यटन मन्त्रालय, जुग्जाली बने मन्त्री


टुरिजम पाना पोखरा । १० माघ २०७९
Resham Jugjali Subin

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा रेशम बहादुर जुग्जाली नियुक्त भएका छन् ।

उनी गत मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा म्याग्दी जिल्ला प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित भएका थिए ।

गत स्थानीय निर्वाचनमा मालिका गाउँपालिका अध्यक्षमा पराजित भएका जुग्जालीले यसपटक प्रदेशसभामा विजयी हासिल गरेका थिए । उनी हाल माओवादी म्याग्दीका अध्यक्षसमेत हुन् ।

जुग्जाली माओवादी सशस्त्र युद्धमा भूमिगत भएका नेता हुन् । २०५८ मा पार्टीको जिल्ला सचिव भएका उनी २०६१ मा इलाका इञ्चार्ज भएका थिए ।

माओवादी सेनामा कम्पनी कमिसार हुदै बटालियन भाइस कमान्डर भएका उनी पार्टी शान्ति प्रक्रियामा आएपछि २०६३ मा वाइसीएलको जिल्ला सचिव र २०६६ मा माओवादीको तत्कालीन मगरात राज्य कमिटी सदस्य बने ।

माओवादी विभाजनपछि मोहन वैद्यसँगै पार्टी छाडेका जुग्जाली २०७४ को स्थानीय तह चुनावमा स्वतन्त्र उमेद्वार बनेर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

१० माघ २०७९