दान पेटिकामा संकलित रकम विद्यालयलाई सहयोग गर्ने पर्यटनमन्त्री किरातीको घोषणा


टुरिजम पाना काठमाडौ । १४ माघ २०७९

पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूलाई बधाई दिन आउनेले ल्याउने खादा, मालाको सट्टामा राखेको दान पेटिकामा संकलन भएको रकम शैक्षिक विकासमा लगानी गर्ने बताएका छन्।

माघ १३ गते देखि दान पेटिका बन्द गरिएको जानकारी दिंदै मन्त्री किरातीले जम्मा भएको रकममा आफ्नो एक महिनाको तलब र सचिवालयको १५ दिनको सुविधान समेत थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका हुन्।

बिदाबाहेक सात दिनमा दान पेटिकामा संकलित रकम, आफ्नो एक महिना र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख  ४३४ रकम जम्मा भएको मन्त्री किरातीले जानकारी दिएका हुन्।

संकलन भएको रकम दुर्गमको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने उनले बताए। विद्यालय छनोट गरी चाँडै हस्तान्तरण हुने मन्त्री किरातीको भनाइ छ।

१४ माघ २०७९