युवा उद्यमी शाहीको लगानीमा चरिकोटमा खुल्यो पर्यटकीय होटल, के-के छन् सुविधा ?


टुरिजम पाना चरिकोट । १४ माघ २०७९

दोलखाको सदरमुकाम चरिकोट चरिघ्याङमा ‘होटल दृश्य’ सञ्चालनमा आएको छ । बाबुराजा शाहीले ३ करोड ५० लाख लगानीमा उक्त होटल सञ्चालनमा ल्याएका हुन् ।

होटलमा ११ वटा कोठाहरु रहेका छन् । यसमध्ये तीन वटा अफिसका लागि र बाँकी ८ वटा पाहुनका लागि छुट्याइएको छ । सबै कोठाहरु डिलक्स रहेका छन् । एटेच बाथरुम सहित विद्युतिय प्रविधिमा टु वे प्रणाली जडान गरिएको छ ।

होटलमा छुटै मिटिङ हलसमेत रहेको छ । जहाँ बर्थ डे सेलिव्रेसन, अन्य भेटघाट तथा कार्यक्रम गर्न सकिने छ । होटलको विद्युतिय लाइटमा मिट, लाइट र वाम प्रविधि जडान गरिएको छ ।

दोलखा घुम्न आउने पर्यटकका लागि ‘होटल दृश्य’ फोटो र भिडियोका लागि मुख्य भ्यु प्वाइन्ट बन्ने छ । होटलमा थ्री फेज लाइन जडान गरिएको छ । विद्युतिय सवारी साधनका लागि समेत रिचार्ज गर्न मिल्ने प्रविधि होटलको अर्को सुविधा पनि छ । होटलभित्रका डेकोरेसनमा निर्माणम गरिएको सामान उच्च गुणस्तरिय (ग्रे नाइट) प्रयोग गरिएको छ ।

आफूलाई होटल क्षेत्रमा केही नयाँ गर्ने इच्छा भएकोले पर्यटकीय होटल क्षेत्रमा आफ्नो व्यवसायलाई रुपान्तरण गर्न सञ्चालक शाहीले बताए । यहाँबाट शैलुङ, कालिञ्चोक, गौरीशंकरको रमणीय दृश्य हेर्न सकिन्छ । चरिघ्याङ धार्मिक हिसावले प्रसिद्ध क्षेत्र हो । होटल निर्माणसँगै यहाँको गतिविधिमा थप सहयोग पुग्ने छ उनको भनाइ छ । दोलखामा पर्यटन प्रर्वद्धनसँगै आन्तरिक तथा बाह्य पर्यटकका लागि होटल दृश्य पहिलो गन्तव्य हुने उनको विश्वास छ ।

होटल दृश्यबाट पर्यटकीय नगरी चरिकोटको दृश्यसँगै दोलखाको धार्मिक तथा पर्यटकीय गनतव्यहरु सजिलैसँग देखिने भएका कारण होटलको नाम ‘होटल दृश्य’ राखिएको हो ।

२०७८ मंसिर २२ गतेबाट होटल निर्माण शुरु गरिएको थियो । होटलको टपबाट सिंगो दोलखाको दृश्य ३६० डिग्रीमा हेर्न सकिने छ । हिउँ पर्दा र मौषम खुल्दा कालिञ्चोक,रोल्वालिङ हिमश्रृंखलालाई व्याग राउन्डमा राखेर तस्वीर खिच्न सकिने छ ।

दोलखाको भीमेश्वर नगरपालिका २ मा जन्मिएका ३२ बर्षीय शाही युवा उद्यमी हुन् । यहाँ विशेषगरी नेपाली अर्गानिक खाना पाइन्छ । थकाली खाना, कन्टिनेन्टल फुड, चाइनिज फुड, इन्डियन फुड पाइन्छ । साथै तामाकोशीको माछा समेत पाइन्छ । विभिन्न प्रकारका चिया र कफिको स्वाद समेत लिन सकिने छ ।

१४ माघ २०७९