नाकामा पर्यटकलाई अनुचित व्यवहार नगर्न प्रहरीलाई पर्यटन मन्त्रीको पत्र


टुरिजम पाना संवाददाता काठमाडौं । ३० असार २०८२

मधेशको उद्योग तथा पर्यटन मन्त्रालयले भारतीय पर्यटकलाई सीमा नाकामा सुरक्षा जाँचको नाममा अनावश्यक अनुचित व्यवहार नगर्न आग्रह गरेको छ ।

मन्त्री वसन्त कुशवाहाले ८ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाउँदै पर्यटकहरूसँग आवश्यक सहजीकरण गर्न भनेका हुन् ।

‘‘नेपाल घुम्न आउने पर्यटकहरूलाई सीमा नाकामा सुरक्षा जाँचको नाममा अनावश्यक झन्झट दिइने तथा उचित व्यवहार नहुने जस्ता गुनासाहरू आएकोले भारतबाट आउने पर्यटकलाई आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था हुन अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।

एकसाता अघि महोत्तरीको भिठामोड नाकामा भारतीय पर्यटकलाई सशस्त्र प्रहरीले दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

३० असार २०८२