विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी


टुरिजम पाना संवाददाता काठमाडौं । ३ भाद्र २०८२

विश्वसामु नेपालको पर्यटन प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी भएको छ ।

यस अन्तर्गत लाइफ टाइम एक्सपेरियन्स नामक विशेष अभियान शुरु गरिएको हो । जसको लक्ष्य नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जीवन्त परम्परालाई टिकटक भिडियोमार्फत विश्वव्यापी दर्शकसमक्ष पुर्‍याउनु रहेको छ ।

समझदारीपत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सहकार्यलाई नेपालको पर्यटन प्रवद्र्धनको पहलमा महत्वपूर्ण योगदान दिने बताए ।

मन्त्री पाण्डेले पर्यटनलाई नेपालको समग्र आर्थिक विकासको मेरुदण्डको रुपमा उल्लेख गर्दै यो सहकार्यले ग्रामीण भेगका समुदाय, साना व्यवसायी र स्थानीय गाइडहरूलाई प्रत्यक्ष फाइदा पु¥याउने विश्वास व्यक्त गरे ।

साझेदारीअन्तर्गत टिकटकले नेपालमै डिजिटल प्लेटफर्ममार्फत नेपालका कथाहरु सुनाउने विषयमा कार्यशाला गर्नेछ । जसमा नेपाली कन्टेन्ट क्रियेटरलाई दर्शक विस्तार, ब्रान्ड सहकार्य र विश्वस्तरीय प्रश्तुतीकरणबारे तालिम दिइनेछ ।

३ भाद्र २०८२