जुलाईमा नेपाल भित्रिए ५७ हजारभन्दा बढी पर्यटक


टुरिजम पाना संवाददाता काठमाडौं । १७ श्रावण २०८०
फाइल तस्वीर

सन् २०२३ को जुलाईमा ५७ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्।

पर्यटन बोर्डले दिएको सूचना अनुसार जुलाईमा ५७ हजार ७२६ पर्यटक नेपाल आएका हुन्। जुनको तुलनामा जुलाईमा नेपाल आउने पर्यटकको संख्या घटेको छ।

तथ्यांकअनुसार जुनमा हवाइ तथा स्थलमार्ग हुँदै ७२ हजार २२० जना पर्यटक नेपाल भित्रिएका थिए।

जुलाईमा सबैभन्दा धेरै २१ हजार ३५७ पर्यटक भारतबाट आएका छन्। त्यस्तै चीनबाट पाँच हजार ६९३, अमेरिकाबाट पाँच हजार ५६१ पर्यटक भित्रिएका छन्।

 

१७ श्रावण २०८०